दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयाेजना गरेकाे छैठौँ कृषि, पर्यटन तथा व्यापारीक महाेत्सवको पहिलो दिन माघ १३ गते चर्चित लोक दोहोरी गायक चन्द्र शर्माको प्रस्तुति रहने भएको छ । शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।
दोहोरी गीतमा खप्पिस गायक शर्माको गृह जिल्ला पनि दाङ नै हो । बाच्छीले धान खायो, चरी भए आउथे उडेर, अच्छा लेकिन लाहुरे जस्ता हिट गीत स्रोता माझ पस्कि सक्नु भएको छ ।
गायक शर्मा संगै चर्चित दोहोरी गायिका मंजु भट्टराई, विन्दु परियारको पनि प्रस्तुति रहने देउखुरी उद्योग वाणिज्य संघ लमहीका उद्योग उपाध्यक्ष तथा साँस्कृतिक संयोजक केशवराज पोख्रेलले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्