प्रथम अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत.
लक्ष्मण बस्नेत. १४ माघ २०७९, शनिबार
2 Min Read
Aa

दाङ – दंगीशरण गाउँपालिका प्रथम अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिता २०७९ आज देखि सुरु भएको छ ।दंगीशरण गाउँपालिका दाङको आयोजनामा संचालित प्रतियोगिताको गाउँपालिका अध्यक्ष शम्भु गिरीले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिएको हो ।

No description available.

गाउँपालिकामा खेलकुदको पहुँच अभिवृद्धि संगै प्रतिभावान खेलाडिको पहिचान गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाका सात वडाका फुटबल तथा भलिबल टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत आज शनिवार भएको फुटबल खेलमा वडा नम्बर ६ र ३ सेमिफाइनलमा प्रवेश गरेका छ्न ।

वडा नम्बर ६ ले ४ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो । त्यस्तै वडा नम्बर २ लाई टाईवेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै ३ ले सेमिफाइनल यात्रा तय गरेको हो । सेमिफाइनल खेल भोलि आईतवार हुनेछ्न । खेल अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री सुरेश बुढामगर,आदेश केसी,प्रकाश न्यौपाने र राजन जिएम रहनु भएको छ ।

त्यस्तै भलिबल तर्फ वडा नम्बर ६, वडा नम्बर १ र वडा नम्बर ३ ले सेमिफाइनल यात्रा तय गरेका छन। सेमिफाइनल खेल आइतबार हुने दंगीशरण गाउँपालिका सामाजिक विकास समिती संयोजक तथा प्रतियोगिताका संयोजक रोषण जंग शाहले जानकारी दिनुभएको छ ।

यसैबिच दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा स्वागत शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले गर्नु भएको थियो । कार्यक्रमको संचालन प्रेस संयोजक प्रमोद आचार्यले गर्नु भएको थियो । प्रतियोगिता माघ १६ गते सम्म चल्नेछ ।

लक्ष्मण बस्नेत.

प्रतिक्रिया दिनुहोस्