नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा जिसी

दाङ समाचार
दाङ समाचार १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देशकै कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले रोल्पाको जिम्मेवार दिएका हुन् ।

आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी बनाउने र निर्धारित समयमा नै संघको अधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ जीसीलाई केन्द्रिय समितीले कार्यभार प्रदान गरेको जनाएको छ ।

वि.स २०७१ बाट नेविसंघमा आबद्ध हुँदै विभिन्न मावि तथा क्याम्पसको नेतृत्व गर्दै विद्यार्थी राजनीतिमा प्रवेश गरेका जिसी सानै उमेरमा जिल्ला हाक्ने अवसर पाएका हुन् । अहिले जिल्ला अध्यक्ष रहेकाहरूमध्ये पनि जिसी कान्छा जिल्ला अध्यक्ष हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्