दाङ – तुलसीपुरमा ट्यांकरले पैदलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन् । सोमबार बेलुका ८ बजेतिर तुलसीपुरको नयाँ बसपार्क नजिकै भारतीय नम्बर प्लेटको ट्यांकरले ठक्कर दिंदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते हुनेमा सल्यान त्रिवेनी गाउँपालिका १ निवासी २४ वर्षिय मनिसा केसी, सल्यान कालिमाटी गाउँपालिका १ घर भैइ हाल तुलसीपुर ९ मा बस्दै आएकी अनु बुढा रहेका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
साथै प्रहरीले सो ट्यांकरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाएको छ । ट्यांकर सडक छेउमै रहेको पिपलको रुखमा ठोक्किंदा दुई जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्