दाङ – देउखुरीको एक सामुदायिक वनबाट अबैध रुपमा सालको काठ चोरी गर्ने दुई जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका – १ मा रहेको राप्ती सामुदायिक वन क्षेत्रमा तस्करहरुले सालको काठ चोरी गरिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका – ९ का २२ वर्षीय महमद सिराज मिया र ४५ वर्षीय तसली मिया रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजन शाहको नेतृत्वमा गएको प्रहरी टोलीले वनमा काठका गोलिया बनाई फरार रहेका उनीहरुलाई राप्ती गाउँपालिका – ९ देबिकोटमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय देउखुरी लमहीमा बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्