काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटर व्याजी जिल्ला धनुषा जनकपुरधाम उ.म.न.पा. वडा नं. १ बस्ने वर्ष ४१ को दिलीप साहविरूद्ध उजुरी दिएका थिए ।
२०७९ माघ २१ गते निज दिलीप साहको घर तथा पसल समेत धनुषा जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.उ. दीपक कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले खान तलासी गर्दा कपाली तमसुकहरू, जग्गा धनी पूर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू सहित पक्राउ गरिएकाे जानकारी प्रहरीले दिएकाे छ ।
निज दिलीप साहबाट कटुवा पेस्तोल थान १ (एक), .३०३ राईफलमा लाग्ने गोली थान ४ (चार), म्यागनममा लाग्ने गोली थान १ (एक) र म्यागनमको खोका थान १ (एक) फेला पारी कानून बमोजिम बरामद गरेकाे छ ।
प्रहरीले दिलीप साहलाई पक्राउ गरी धनुषा जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य गरिरहेको धनुषा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस्