बलात्कार आरोपमा ‘मास्टर साप’ पक्राउ

दाङ समाचार
दाङ समाचार २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – किशाेरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। घटना घटाएर फरार रहेका उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही जिल्ला देवदह नगरपालिका – ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङ पक्राउ परेका हुन्।

किशोरीका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपश्चात् शिक्षक गुरुङ फरार भएका थिए। उनी बुधबार दिउँसाे पक्राउ परेकाे इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताए।

किशाेरीलाई सिकाउने बहानामा माघ २० गते हाेटलमा लगेर जबर्जस्ती करणी गरेकाे आराेप उनीमाथि छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्