काठमाण्डौ – नेपाली कांग्रेसले प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने तयारी गरेको छ । शुक्रबार मन्त्रीबारे निर्णय लिन बसेको सुदूरपश्चिम कांग्रेस संसदीय दलको बैठकले प्रकाश बहादुर देउवालाई भौतिक पूर्वाधारमन्त्री बनाउने तयारी भएको कांग्रेसका एक नेताले बताए ।
उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । यसअघि नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्