दाङ – लमही नगरपालिका नगर उप-प्रमुख लक्ष्मी याेगीले अबको शिक्षा रोजगारसंग जोडिएको हुनु पर्ने बताउनुभएको छ ।
लमही स्थित बेवि क्यासल ईङ्लिस बाेर्डिङ स्कुल लमहीकाे ११ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै उपप्रमुख याेगीले गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन तर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।
‘गुणस्तरीय शिक्षा आजको आवश्यकता हो’, उहाँले भन्नुभयो, ‘हाम्रो शैक्षिक स्तर स्वरोजगार उन्मुख हुनुपर्छ ।’ शैक्षिक नीतिलाई संशोधन गरी व्यवहारिक शिक्षा नीति बनाउनु पर्छ’- उहाँले भन्नू भयो ।
घोकन्ते विद्याले मात्र राम्रा जनशक्ति उत्पादन गर्न नसकिने उहाँको भनाई छ । प्रमुख अतिथि समेत रहनु भएकाे उप-प्रमुख याेगिले बेवी क्यासल ईङ्लिस बाेर्डि स्कुलले शैक्षिक उन्नयनमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ ।
शैक्षिक गुणस्तर वृद्धि विकासका लागि शिक्षक, विद्यार्थी, र अभिभावकको भूमिका महत्वपूर्ण हुने तर्क उहाँको छ । उहाँले विद्यालयले आगामी दिनमा प्राविधिक शिक्षालाई समेत जोड दिई दक्ष जनशक्ति उत्पादनमा उल्लेखनिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विद्यालयका वि.व्य. स. अध्यक्ष ममता आचार्यकाे अध्यक्षता एवम् लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी याेगिकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा गुणस्तरीय शिक्षा अहिलेकाे आवश्यता रहेको कुरामा जाेड दिइएको थियोे ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक आषिका श्रेष्ठ, सह-प्रधानध्यापक लक्ष्मी आचार्य, जया रावल लगायतले बाेल्नुभएकाे थियोे ।
विद्यालयका शेयर सदस्य तथा शिक्षिका वर्षा वली चाैधरीकाे स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रम सहजीकरण शिक्षिका लक्ष्मी आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्