ज्ञानज्योति इङ्लिश बोर्डिङ स्कुलको वार्षिकोत्सब सम्पन्न

दाङ समाचार
दाङ समाचार १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

दुखहरण यादव – गढवा

ज्ञानज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाले एक कार्यक्रमका बिच २१औं वार्षिकोत्सब सम्पन्न गरेको छ ।

ज्ञान ज्योति इङ्लिश बोर्डिङ स्कुल गढवाका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सन्तोष कौशलको सभापतित्व र एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाङीको प्रमुख आथित्य तथा बुद्धज्योति बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक नवराज देवकोटाको बिशिस्ट आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

२१औ वार्षिकोत्सब कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बुढा, गढवा बहुमुखी क्याम्पसका प्रमुख विकास रजौरे, बुद्धज्योति बोर्डिङ स्कुलका प्रवन्धक शंकर पाण्डे, नेपाल अवधि प्रज्ञा प्रतिष्ठानका अध्यक्ष जगत राम यादव, वन तथा बातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्त, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका दुखहरण यादव, गोरखा बोर्डिङ स्कुलका प्रधानाध्यापक लोकमान रिजाल, नेपाल बोर्डिङ स्कुलका हिमाल रावत, समाजसेवि तेज प्रसाद न्यौपाने, रेडियो हाइवेका प्रबन्धक केपि घिमिरे, अभिभावक सरस्वता पौडेल, सरस्वती उच्च मावि विद्यानगरका उप प्रध्यापक गुरुबचन चौधरी, डिबेल बोर्डिङका भानु यादव लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयको प्रगति प्रतिबेदन स्कुलका प्रधानाध्यापक दीपक कुमार यादवले प्रस्तुत गर्नु भएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका कोषाध्यक्ष ऋषि यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन शिक्षिकाद्वय यति चौधरी र तिला खनालले संयुक्त रुपमा गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्