काठमाण्डौ– ग्यास सिलिण्डर विस्फोटमा परी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गम्भीर घाइते हुनु भएको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति भएको विस्फोटमा परी उनकी आमासमेत गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
दुवै जनाको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भइरहेको छ । भण्डारीको शरीरको केही भाग जलेको चिकित्सकहरूले बताएका छन् । आमाको भने शरीरको झण्डै ७० प्रतिशत भाग जलेको बताइएको छ ।
‘ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते नेपाली काग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ वर्षीया माताको कीर्तिपुरको अस्पतालमा उपचार भइरहेको छ । दुवैको स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गर्दछु’, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्