दाङ – माध्यामिक विद्यालय फल्कापुरको ४२ औं वार्षिकोत्सब आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री इन्द्रजित थारुले ज्ञान हासिल नगर्दा सम्म सभ्य समाजको विकास हुन सक्दैन भन्नु भयो ‘।
गुणस्तरीय शिक्षाका लागि विव्यस, शिक्षक, विद्यार्थी र अभिभावकहरुको विच समन्वय हुन जरुरी रहेको बताउदै अब जीवन उपयोगी ज्ञान प्रदान गर्न तर्फ विद्यालयले ध्यान दिनु पर्ने मंत्री थारुको भनाई छ ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले गुणस्तरीय शिक्षाका लागि घरमा पनि अभिभावकले आफ्ना नानीबाबुहरुलाई सस्कार सहितको अभिभावकत्व दिनु पर्ने बताउनु भयो ।
लमही नगरपालिका-३ का पुर्व वडा अध्यक्ष बाबुराम थारु, पत्रकार केपि घिमिरे, बाल जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण केसी लगायतकाले बोल्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवानजंग चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वार्षिकोत्सब कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरु र सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक सुरेश शाहको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कम्प्युटर शिक्षक जयप्रकाश पौडेलले गर्नु भएको थियो । विद्यालयको वार्षिक प्रगति प्रधानाध्यापक सम्झना शर्माले प्रस्तुत गर्नु भएको थियो । सो अबसरमा विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्