निर्णायक वार्ताका लागि देउवासहित कांग्रेसका नेताहरू बालुवाटारमा

दाङ समाचार
दाङ समाचार १० फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपतिको विषयमा निर्णायक वार्ता गर्न नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहित नेताहरू बालुवाटार पुगेका हुन्।

यसअघि प्रचण्डले माओवादीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए। त्यसबेला कांग्रेसका उपसभापति खड्कासमेत सहभागी रहेको बालुवाटार स्रोतले बताएको छ। बैठकमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत पनि सहभागी छन्।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको नीति लिएको माओवादीले नेकपा एमालेको प्रस्तावसँगै दोधारमा परेको छ। एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि प्रचण्ड दोधारमा परेका हुन्।

बुधबार दिउँसो यही विषयमा छलफल गर्न माधव नेपाल देउवा निवास पुगेका थिए। नेपाल पार्टीका नेताहरूसहित धुम्बाराही पुगेका थिए। भेटमा पौडेलसमेत सहभागी थिए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्