दुखहरण यादव
दाङ – नेपाल इङ्लिश बोर्डिङ स्कुल गढवाले आफ्ना विद्यार्थीलाई हात्तिपाइले रोग विरुद्दको औषधि खुवाएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको सहकार्य तथा नेपाल इङ्लिश बोर्डिङ स्कुलको व्यवस्थापनमा विद्यालयका ३ सय ७६ जना विद्यार्थीलाई हात्तिपाइले रोग विरुद्दको औषधि सेवन गराइएको विद्यालयका प्रधानाध्यापक निर्मल रावतले जानकारी दिनु भयो ।
हात्तिपाइले विरुद्दको औषधि बिगत १२ वर्ष देखि निरन्तर खुवाउदै आए पनि जिल्लामा सोचे जस्तो परिणाम आउन नसकेको कारणले यो पटक हात्तिपाइले रोग मुक्त समुदाय, जिल्ला बनाउन विद्यालय स्तरबाट पनि यो अभियानमा सहकार्य गरेको प्रधानाध्यापक रावतको भनाइ छ ।
औषधि सेवन अभियानमा स्थानिय जनप्रतिनिधि, स्वास्थ्यकर्मी ,नागरिक अगुवा, शिक्षाप्रेमी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्