काठमाडौं – नेपाली कांग्रेसक वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्नु भएको छ ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेटघाट गर्नु भएको हो । भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गर्नु भएको छ ।
जवाफमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जानकारी दिनु भएको छ । नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्