जसपाका सांसद रहमानको निधन

दाङ समाचार
दाङ समाचार १३ फाल्गुन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ । जसपाका नेता अमरेन्द्र यादवका अनुसार रहमानलाई ह्रदयघातका कारण निधन भएको हो ।

भक्तपुरको एक पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई भक्तपुरकै एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको नेता यादवले बताए । रहमान झापाकी हुन् । उनी जसपाका केन्द्रीय सदस्य हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्