मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् – बालेन शाह

दाङ समाचार
दाङ समाचार १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताउनु भएको छ । आफूलाई राजीनामा दिन दबाब आएको बारे शनिबार उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो जानकारी गराउनु भएको हो।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उहाँले लेख्नु भएको छ तर उहाँलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा त्यस्तो लेख्नु भएको हो त्यो भने खुलाउनु भएको छैन।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्