जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड जारि, गोरखा मावि तुलसीपुर शिर्ष स्थानमा

लक्ष्मण बस्नेत.
लक्ष्मण बस्नेत. १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

दाङ – गोरखा माबी तुलसीपुर दाङको बेल्झुण्डिमा जारी जिल्ला स्तरिय १३ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को अग्रस्थानमा रहेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगिताको दोस्रो दिन सम्म ५ स्वर्ण र १ कास्य पदक हात पार्दै गोरखा मावि तुलसीपुर अग्रस्थानमा रहेको हो ।

त्यस्तै जनप्रिय बोर्डिङ स्कुल तुलसीपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितिय स्थानमा रहदा विपि मावि बयाले शान्तिनगर २ स्वर्ण हात पार्दै तृतिय स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य तथा टेवलटेनिस सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिनुभएकोछ ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिका स्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हासिल गरेका सामुदायिक तथा निजि विद्यालयका छात्र, छात्रा बिच प्रतिस्पर्धा भइरहेकोछ ।

प्रतियोगिता अन्तरगत भोलि अन्तिम दिन एथलेटिक्स ट्रयाक तर्फ ३ हजार मिटर, ४ गुणे ४०० रिले, हाईजम्प र त्रीपलजम्प छात्र छात्रा हुनेछ भने भलिबल, कवडी, छात्र छात्रा तर्फको फाईनल खेल हुनेछ । यसैबिच प्रतियोगिताको औपचारिक समापन तथा पुरस्कार बितरण बिहान १२ बजे पछि गर्ने कार्यक्रम तय भएकोछ ।

लक्ष्मण बस्नेत.

प्रतिक्रिया दिनुहोस्