काठमाडौं – नेपाल टेलिकमको प्रिपेड मोबाइलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार बिहानदेखि मोबाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो ।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही ठाउँमा मात्र समस्या देखिएको छ, ‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको छ, त्यसैले केही ठाउँमा समस्या देखिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्