घोराहीमा अटो मजदुरको नगर कमिटी गठन

दाङ समाचार
दाङ समाचार १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – घोराहीमा अटो मजदुरको नगर कमिटी गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तीन महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत बिहीबार सो कमिटी गठन भएको हो ।

अटो मजदुरहरुको एक भेलाले धनबहादुर बिकको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ। भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले मजदुरका पेशागत समस्या हल गर्न र विद्यमान बिभेदकारी राजनैतिक प्रणाली बदल्न मजदुरहरु एकतावद्द भएर संगठित हुनुपर्ने बताए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा पुर्बी दाङ इन्चार्ज सम्झना सी,मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष डिल्ली सी,संगठनका केन्द्रिय सदस्य सन्जय सी र खिम बहादुर सीको उपस्थिति रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्