नेका क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न भोलि फागुन २० गते नेता राठौर देउखुरी आउने

दाङ समाचार
दाङ समाचार १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किसोरसिंह राठौर भोलि फागुन २० गते देउखुरी आउदै हुनुहुन्छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले भोलि फागुन २० गते आयोजना गर्न लागेको क्षेत्रीय सम्मेलनको प्रमुख वक्ताका रुपमा देउखुरीको लमही आउन लागेको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का प्रवक्ता अजय न्यौपानेले जानकारी दिनु भयो ।

भोलिको सम्मेलनका लागि सम्पूर्ण तयारी पुरा भैसकेको छ, उक्त सम्मेलनमा वार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ । फाल्गुन २० गते हुन् लागेको क्षेत्रीय सम्मेलनमा उपस्थिति हुनका नेपाली कांग्रेस प्रति आस्था राख्ने सबैलाई उपस्थितिका लागि क्षेत्रीय सभापति सभापति भेषराज पाण्डेले सबैलाई आग्रह गर्नु भएको छ । कार्यक्रम लमही नगरपालिकाको सभा हलमा बिहान ११ बजेदेखि हुने भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्