काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्याय घरको छतबाट लडेर घाइते भएका छन्।
उनी शनिबार शंखमूलमा आफ्नो घरनजिकैको घरको छतबाट लडेर घाइते भएका हुन्। उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ हुन्।
उनको हाल अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको एकीकृत समाजवादीका एक नेताले देशसञ्चारलाई जानकारी दिए।
घटनापछि उनलाई उपचारका लागि सिभिल अस्पताल पुर्याइएको थियो। सिभिलबाट उनलाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको हो।

प्रतिक्रिया दिनुहोस्