माधव नेपालका भाइको ६ तला माथिबाट खसेर निधन

दाङ समाचार
दाङ समाचार २० फाल्गुन २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं – एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।

त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्