काठमाण्डौ – ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएकोछ ।
सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए। घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो।
घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्