ट्याक्टर र मोटरसाइकल ठोक्किंदा धनुषामा दुई जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनु भयो ।

प्रमुख एसपी खड्काका अनुसार जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनीहरूलाई जनकपुरमा चिकित्सकले मृत घोषणा गरेको एसपी खड्काले बताउनु भयो ।

मृतक ठाकुर मोटरसाइकल चालक हुन् भने सुडी पछाडि सवार थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्