नारी दिवसको शुभकामना

दाङ समाचार
दाङ समाचार २४ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

छोरी तिमी यतिधेरै आज्ञाकारी छ्यौ कि
तिम्रो बाबाको एक आदेशमा
तिमीलाई जन्मदिने बाबा आमा
तिमी हुर्केको खेलेको पाखा पखेरी
तिम्रो आफन्त र साथीसंगी
सबैलाई चटकै छोडेर
पराईको घरमा दासि हुन तयार हुन्छ्यौ
त्यसैले यो नारी दिवसको दिन
शुभकामना मात्र होइन
तिमीलाई सलाम गर्न चाहन्छु
तिमीलाई स्यालुट गर्न चाहन्छु।

चेली तिम्रो मन यति कोमल छ की
तिम्रो माइतीलाई सानो कष्ट हुँदा
सबैभन्दा पहिला तिम्रो मन दुख्छ
तिमीलाई खाली हात विदाई गरेको त्यो घरमा
कुनै अप्ठ्येरो नपरोस भनेर
सबैभन्दा धेरै कामना तिमी नै गर्छ्यौ
त्यसैले यो नारी दिवसको दिन
शुभकामना मात्र होइन
तिमीलाई सलाम गर्न चाहन्छु
तिमीलाई स्यालुट गर्न चाहन्छु।

बुहारी तिमीमा यतीधेरै सहनशिलता छ की
घरको कामको बोझ जति तिमीले नै बोक्नु पर्छ
बिग्रिएको कामको अपजस तिमीले नै लिनु पर्छ
सबै किसिमका गाली र लाल्छनाको शब्द पनि
तिमीले नै सुन्नु पर्छ
तर तिमी भने आफ्नो हाडमासु खियाएर
घर परिवारको इज्जत र खुसीको लागि
निरन्तर रगत पसिना बगाई रहनछ्यौ
त्यसैले यो नारी दिवसको दिन
शुभकामना मात्र होइन
तिमीलाई सलाम गर्न चाहन्छु
तिमीलाई स्यालुट गर्न चाहन्छु।

आमा तिम्रो हृदय यति विशाल छ की
तिमीले कोरलेका बचेराहरु
डाँडा पाखा देश प्रदेशमा छन
तिम्रा पखेटाहरु बुढो र कमजोर भैसक्दा पनि
आफ्नो सन्तानको रक्षाको निम्ति
तिम्रा पखेटाहरु प्रदेश सम्मै फिजाउछ्यौ
त्यसैले यो नारी दिवसको दिन
शुभकामना मात्र होइन
तिमीलाई सलाम गर्न चाहन्छु
तिमीलाई स्यालुट गर्न चाहन्छु।

आमा, छोरी, बुहारी, दिदीबहिनीहरु
तिमीहरु प्रति म धेरै आभारी छु
तिमीहरु प्रति यति धेरै ऋणी छु की
तिम्रो ऋण तिर्न सक्ने सामर्थ्य नहोला
तर तिमी संगै तिम्रो अधिकारको निम्ति
तिम्रो रक्षाको लागि
संगै रहने मन छ
संगै लडिरहने ईक्षा छ।
आफ्नो अधिकारको लागि
नारी पुरुषसंगै लडौं
एकजुट भएर लडौं
नारी दिवस को शुभकामना ।
अर्थात
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना।
( ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सम्पूर्ण महिला दिदीबहिनीहरु प्रति समर्पित )
🖋 जनक सी
सेक्रेटरी
नेपाल कम्युनिष्ट पार्टी
पूर्वी दाङ जिल्ला कमिटी
२०७९ फागुन २४

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्