भ्रष्टाचारको मुद्धा खेपेकी झा उपराष्ट्रपति उम्मेदवार

दाङ समाचार
दाङ समाचार २७ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनबाट जनमत पार्टीकी तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएकी ममता झाले भ्रष्टाचारको मुद्दा खेपेको पाइएको छ ।

उहाँलाई साझा प्रकाशनको महाप्रबन्धक रहँदा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको थियो । अख्तियारको निर्देशन पछि झा लामो समय सम्म साझा प्रकाशनको सम्पर्कमा आउनु भएको थिएन ।

साझा प्रकाशनको तत्कालीन महाप्रबन्धक झाविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा ३ लाख ६६ हजार विगो र सजाय मागसहित विशेष अदालतमा २०७१ जेष्ठ ४ गते मुद्दा दायर गरेको थियो । झाले साझाको सम्पत्तिमा नोक्सान पुर्‍याएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

कानुनी प्रावधानमा उपराष्ट्रपति पदमा उम्मेदवार हुने व्यक्तिको योग्यतामा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था उल्लेख छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्