प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने एकीकृत समाजवादीको निर्णय

दाङ समाचार
दाङ समाचार ५ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको दिने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले बताए । एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भाली संसदमा विश्वासको मत लिँदैछन् ।

हिजो बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्