पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका शीर्ष नेताहरुको भेट

दाङ समाचार
दाङ समाचार ८ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्नुभएको छ । पूर्वराजा शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा उहाँहरुले भेट गर्नुभएको हो ।

भेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर जबरा तथा वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्थ्यो ।

राप्रपा महामन्त्री जबराले भेटमा पूर्वराजा शाहसँग मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल भएको जानकारी दिनुभयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्