काठमाण्डौ – शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमामा बिहिबार विज्ञापन गर्ने तयारी गरेको छ । आयोगको अनुसार प्रावि तहमा नेपालभरको लागि ६ हजार १३ रिक्त पदको लागि विज्ञापन हुनेछ ।
आयोगको सूचना अधिकार सुदर्शन मरहठ्ठाले भने ‘हामी प्रावि तहको विज्ञापन भोलि गर्ने अन्तिम तयारीमा छौं । विज्ञापन रोकिदैन ।’ बजेट अभावको कारण प्रावि तहको विज्ञापन गर्न पनि समस्या हुन सक्ने सम्भावना नभएको मरहठ्ठाले बताए ।

प्रतिक्रिया दिनुहोस्