कस्तो छ आजको मौसम !

दाङ समाचार
दाङ समाचार १० चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशहरूमा सामान्य बदलीका साथै गण्डकी, बागमती र कोशी प्रदेशहरूका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्