काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ । शुक्रबार दिउँसो बस्ने तय भएको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने तयारी छ ।
वर्तमान आईजीपी धिरज प्रताप सिंह शनिवारदेखि अवकाशमा जाने भएसँगै नयाँ नियुक्ति गर्न लागिएको हो । आईजीपीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दावेदार छन् । जसमा बसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्