लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने

दाङ समाचार
दाङ समाचार १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा – २ मा उपचुनाव लड्ने भएका छन् । लोसपाले बारा -२ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत चुनावमा सर्लाही -२ मा पराजित भएका थिए ।

धनुषा -३ छाडेर सर्लाही -२ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए । बारा -२ बाट निर्वाचित जनता समाजवादी पार्टी जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।

जसपाले बारा -२ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ । यादव गत चुनावमा सप्तरी -२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । उनै राउतले उम्मेदवार बनाउन भन्दै शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसकेका छन् ।

४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह ३५४ मतान्तरले पराजित भएका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्