लोसपाले शरत सिंह भण्डारीलाई सरकारमा पठाउने

दाङ समाचार
दाङ समाचार १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएका छन् ।आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना शीर्ष नेताले जानकारी दिएका छन् ।

सत्तारूढ गठबन्धनबीच नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्