बेदुराम भुसालले रोजे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

दाङ समाचार
दाङ समाचार १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन्। सुरुमा कृषि मन्त्रायको प्रस्ताव आएका भुसालले कृषि छाडेर शिक्षा मन्त्रालय रोजेका हुन्।

स्रोतका अनुसार उनले आज बेलुका पद तथा गोपनीयताको शपथ लिने भएका छन्। यस्तै, समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।

माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन्। #Onlinekhabar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्