कांग्रेस नेता कनोडिया अख्तियारको घेरामा, साढे ८ करोड अपचलन गरेको लाग्यो आरोप

दाङ समाचार
दाङ समाचार १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – उखु किसानका लागि सरकारले दिएको अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगी तथा नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियामाथि छानबिन थालेको छ ।

उखु किसानलाई दिन सरकारबाट ८ करोड ७९ लाख ३७ हजार ९२३ रुपैयाँ अनुदान लिएका कनोडियाले किसानलाई नदिई आफैं राखेको किसानहरुको दाबी छ ।

कनोडियाको महालक्ष्मी सुगर्स मिललाई सरकारबाट एक पटक २ करोड ४८ लाख २३ हजार र ९०० र अर्को पटक ६ करोड ३१ हजाख १४ हजार २३ प्राप्त भएको तर कनोडियाले नदिएको भन्दै उखु किसान संघर्ष समिति सर्लाही र राष्ट्रिय कृषि श्रमिक संघले अख्तियारमा उजुरी दिएका थिए ।

कनौडियाबिरुद्ध २० फागुन २०७८ मा र गत २३ माघमा अख्तियारमा उजुरी परेको थियो । कनोडिया त्यतिबेला लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलको नेता र मुख्यमन्त्रीको दाबेदारसमेत थिए ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले पटक पटक पत्र पठाएर ताकेता गरेपछि अख्तियारले छानबिन अघि बढाएको जानकारी पाएको बताए । गत ६ चैतमा आयोगले अध्यक्ष रायलाई लेखेको पत्रमा कनोडियामाथि छानबिन अघि बढेको उल्लेख छ । #Onlinekhabar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्