रेशम पत्नी रञ्जिता मंत्री बन्दै

दाङ समाचार
दाङ समाचार १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो ।

सांसद गंगाराम चौधरीका अनुसार नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ र अध्यक्ष रञ्जिता आफैं सरकारमा जाने छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न मन्त्रिपरिषद विस्तार गर्दैछन् । मन्त्रीहरुको शपथ तीन बजे निर्धारण गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्