काठमाडौँ – कैलाली २ बाट निर्वाचित सांसद अरुण चौधरीको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालदतमा रिट दायर भएको छ।
शुक्रबार अधिवक्ता वसन्त जोशीले संवैधानिक इजलास समक्ष चौधरी सांसद पदको उम्मेदवार हुनै अयोग्य रहेको दाबी गर्दै रिट दायर गरेका हुन्।
२०७० सालमा ट्याक्टर जलाएको अभियोगमा दोषी ठहर भइ ६ महिना कैद सुनाइको र उक्त सजया भुक्तान नगरको अवस्थामा चौधरीले गत असोज २३ गते दिएको उम्मेद्वारी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी ऐन २०७३ को प्रतिकुल रहेको दाबी अधिवक्ता जोशीले गरेको छन्।
कैलाली २ कै मतदाता रहेका जोशीले दायर गरेको रिटमा भनिएको छ, ‘प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) (झ), फैसला कार्यान्वयन निर्देशिका, २०७५ को दफा १३ बमोजिम फैसला बमोजिम कैद सजाय पाएको व्यक्ती मुद्दा फैसला हुँदाका बखत उपस्थित रहेनछ भने निजलाई पक्राउ गरी ल्याउन आदेश लेखी पठाउनुपर्ने प्रावधान छ। निज अरुन कुमार चौधरी प्रतिनिधि सभा निर्वाचन ऐन,२०७४ को दफा १३ बमोजिमको अयोग्यता भएको व्यक्ती भएको अवस्थामा समेत झुठ्ठा स्वघोषणा फारम भरी प्रचलित कानुनबमोजिम संघीय संसदको सदस्य हुन अयोग्य भएको व्यक्ती प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित भई काम काज गरीरहेको हुँदा निजलाई प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा १६ बमोजिम पदमुक्त गरी ऐ। दफा ६८ बमोजिम उपनिर्वाचन गर्नु भनि प्रत्यर्थीहरुको नाउँमा परमादेश लगाएत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ।’
ट्याक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरी सांसद बनेपछि पक्राउ परेका थिए। उनलाई सरकारको सिफारिसमा कैद मिनाह गरेर ६ महिना कैदमा नबस्दै बाहिर निस्केका हुन्।
निवेदक जोशीले चितवन २ बाट निर्वाचित रवि लामिछानेबारे संवैधानिक इजलासबाट भएको फैसलालाई नजिरका रुपमा लिनुपर्ने तर्क गरेका छन्। #Deshsanchar

प्रतिक्रिया दिनुहोस्