काठमाण्डौ – चर्को मिटरब्याज लिएको आरोपमा धनुषाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबैला नगरपालिका -२ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका – २४ का श्रवण दास रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई मिटरब्याजको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्