काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछी अहिले काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । छाती तथा पेटको समस्याबाट ग्रस्त भएपछि शनिबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका राष्ट्रपति रामचन्द्र पाैडेल चिकित्सकीय निगरानीमा छन्।
पेट फुल्नुका साथै छातीमा पानी भरिएको र बढी असहज महसुस हुन थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।
शुक्रबार नयाँ मन्त्रीहरूलाई सपथ दिलाउनुपूर्व नै उनकाे असहजता महसुस गरेका थिए। तत्काल चिकित्सकद्वारा जाँच र आवश्यक इन्जेक्सन लिएकाे दुई घण्टामा उनी शपथ ग्रहण गराउन उपस्थित भएका थिए।
त्यसकाे एक दिनअघि गरिएकाे रक्त परीक्षणपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना हुनुपर्ने सुझाव डाक्टरले दिएका थिए। उनलाई टिचिङ अस्पतालकाे भिभिआइपी कक्ष ६०१ मा राखिएकाे छ।

प्रतिक्रिया दिनुहोस्