दाङ – राजपुर गाउँपालिका वडा नं. १ स्थित माररी खोला स्याउले धुरीमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेको छ ।
चैत १५ गतेबाट टावरमा समस्या आएकाले मोवाईलमा नेटवर्क नहुँदा सम्पर्क टुटेको वडा सदस्य भिमकुमारी सुनारले जानकारी दिनुभयो ।
नेपाल दुरसञ्चार प्राधिकरण लमही शाखालाई जानकारी गराएपनि अहिले सम्म समस्या समाधान भएको छैन् । नाका र खोला क्षेत्रका बस्तीमा सञ्चार सुविधा पुर्याउन टावर सञ्चालनमा आएपनि काम नगर्दा समस्या भएको हो ।‘फोनको टावरले काम गरेन ।
सम्वन्धित निकायमा खबर गरेका छौं । तर, अझैं समस्या समाधान भएन’वडा सदस्य सुनारले भन्नुभयो,‘फोन गर्न पनि घण्टौं पैदल हिडेर टावर खोज्नुपर्ने बाध्यता छ ।’
पटौली नाका, सुकौली नाका, सिरिया नाका, बरुवा नाका लगायतका अन्य खोलाका बस्तीहरुमा समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्