गोरखा स्कुलका विद्यार्थी सहित ५० जनाले गरे रक्तदान

दाङ समाचार
दाङ समाचार २१ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – रोटरी क्लव अफ लमहीको आयोजना र गोरखा मोडेल सेकेन्डरी स्कुलको सह–आयोजनामा मंगलबार गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीमा रक्तदान कार्यक्रम गरिएको छ ।

५० जनाले रक्तदान गरेको मध्य ४० जना नयाँ रक्तदाता भेटिएका छन् । पहिलो पटक रक्तदान गर्नेमा विद्यार्थी रहेको रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख मनिषा चन्द ठकुरीले जानकारी दिनुभयो ।

लमहीमा रक्तसञ्चार केन्द्रबाट मृगौलाको डायलाईसिस गराइरहेका बिरामी, सिकलसेल एनिमिया र सुत्केरी महिलालाई रगत दिइदै आएको छ ।

रोटरी क्लव अफ लमहीका अध्यक्ष मोहनकुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा मोडेल सेकेन्डरी स्कुलका प्रिन्सीपल लोकमान रिजालले विद्यार्थीहरुलाई रक्तदान जीवनदानको बारेमा अझैं सचेतनाको खाँचो रहेको बताउनु भयो ।

कार्यक्रममा रोटरी क्लव अफ लमहीका संस्थापक अध्यक्ष रविलाल आचार्यले लमहीमा मृगौलाको डायलाईसिस सेवा चलिरहेको र जहाँ नियमित रगत चढाउनुपर्ने बिरामी भएकाले रगत आवश्यक परिरहने बताउनु भयो ।

रोटरी क्लवका भावि प्रस्तावीत अध्यक्ष केशव घिमिरेले विद्यार्थीहरुलाई रगतको आवश्यकता र महत्वको बारेमा जानकारी दिन अभियान चलाउने बताउनु भयो । कार्यक्रमको सहजीकरण रोटरी क्लवका फणाधर ढकालले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्