पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

दाङ समाचार
दाङ समाचार २२ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति भने सामान्यतया मौसम सफा रहनेछ।

भोलि पनि देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसपछि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्