कांग्रेस दाङको जिल्ला सम्मेलनलाई महामन्त्री गगन थापाले सम्बोधन गर्ने

दाङ समाचार
दाङ समाचार २४ चैत्र २०७९, शुक्रबार
3 Min Read
Aa

दाङ – पार्टीको स्थापना दिवस साता व्यापि रुपमा मनाउन थालेको नेपाली कांग्रेस दाङले चैत २६ गते आइतबार घोराहीमा जिल्ला सम्मेलन गर्ने भएको छ । पार्टीका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा आइतबार विहान १० बजेदेखि घोराहीको सभागृहमा जिल्ला सम्मेलन गर्न थालिएको नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले बताउनु भयो ।

जिल्ला सम्मेलनमा दाङ जिल्लाका एक सय वटै वडाका वडा कार्यसमिति, पालिका कार्यसमिति, प्रदेश र प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति, क्षेत्रिय प्रतिनिधि, महाधिबेशन तथा महासमिति सदस्य, भातृ तथा शुभेच्छुक सँघ सँगठन लगायतको सहभागिता रहने नेपाली कांग्रेस दाङले जनाएको छ ।

नेपाली कांग्रेस दाङले जिल्लाका एक सय वडा मध्ये ८० प्रतिसत भन्दा बढि वडाको वडा सम्मेलन, दशवटै पालिका सहित प्रदेश तथा संघ निर्वाचन क्षेत्रका क्षेत्रिय सम्मेलन सम्पन्न भैसकेको जनाएको छ । पार्टीको जिल्ला कार्य समितिले तय गरेको कार्यतालिका अनुसार विभिन्न तहको सम्मेलन सम्पन्न भएपछि जिल्ला सम्मेलन भव्यताका साथ अयोजना गर्न लागिएको सचिव अजुर्न कुमार योगीले बताउनु भयो ।

सम्मेलनमा पार्टीका गतिविधिको समिक्षा गर्नुका साथै पार्टीले आगामी दिनमा चाल्नु पर्ने कदम र रणनिति तय गरिने सभापती डाँगीले बताउनु भयो । विधानमा भएको व्यवस्था अनुसार पहिलो पटक पार्टीका तहगत संरचनाको सम्मेलन भैरहेको नेपाली काग्रेस दाङले जनाएको छ ।

पार्टीका विभिन्न तहमा रहेर विधान अनुसारको जिम्मेवारी वहन गरेका सकृय सदस्य देखि नेतृत्व तहमा रहेका तथा भातृ देखि शुभेच्छुक सँगठनलाई आ-आफ्नो जिम्मेवारी पुरा गर्न सचेत गराउने, पार्टीको निति र विधि पालना गर्न अग्रसर गराउने, पार्टीका गतिविधिमा थप कृयाशिल बनाउन यस्ता सम्मेलन महत्वपूर्ण हुने भएकाले अनिवार्य सम्मेलन गर्न भनिएको पार्टी सभापति डाँगीले बताउनु भयो । जिल्ला सम्मेलनलाई पार्टी महामन्त्री गगन थापाले सम्बोधन गर्नुहुने भएकाले कार्यक्रममा सहभागि हुन सभापति डाँगीले सबैलाई आग्रह गर्नुभएको छ ।

यसैबिच नेपाली काग्रेस दाङले सप्ताहव्यापि रुपमा मनाईरहेको पार्टीको स्थापना दिवसको कार्यक्रम अन्तर्गत जिल्ला सम्मेलनमा विभिन्न व्यक्तिलाई सम्मान गर्न लागेको सचिव अर्जुन कुमार योगीले बताउनु भयो । २६ गते हुने कार्यक्रममा नेपाली कांग्रेस दाङको पार्टी सँस्थापक ११ सदस्यीय कार्यसमिति ( पण्डित टेकनाथ गौतम नेतृत्वको स्थायी कार्यकारीणी समिति ), २००७ साल अघिका राणा शासन विरुद्धकोे क्रान्तीमा योगदान पु¥याएका स्वतन्त्रता सेनानीलाई मरणोपरान्त सम्मान, २००७ सालदेखी २०३६ सम्मका आन्दोलनमा सकृय भई पार्टी सँगठन र समृद्ध समाज निर्माणमा भूमिका खेलेका प्रजातन्त्र सेनानीलाई मरणोपरान्त सम्मान, २००७ देखी २०३६ साल सम्म पार्टीमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई प्रजातन्त्र सेनानी सम्मान, नेपाली कांग्रेसप्रति आस्था र विचार बोकैकै कारण माओवादीको शसस्त्र द्धन्द्धका क्रममा वीरगति प्राप्त गरेका व्यक्तिलाई सम्मान लगायतका कार्यक्रम गरिने योगीले बताउनु भयो ।

पार्टी स्थापना दिवसको पहिलो दिन नेपाल विद्यार्थी सँघ दाङको अगुवाईमा पार्टी कार्यालयमा रक्तदान गरिएको छ । पार्टी जिल्ला सभापति शंकर प्रसाद डाँगीले उद्घाटन गर्नु भएको रक्तदान कार्यक्रममा सभापति डाँगी सहित पार्टीका नेता कार्यकर्ता, नेविसँघका नेता कार्यक्रर्ता लगायतले रक्तदान गरेको नेपाल विद्यार्थी सँघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले बताउनु भयो ।

No description available.No description available.

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्