दाङ – राप्ती नदीमा डुबेर मृत्यु भएका बालकको शव फेला परेको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका-८ टिमुरेचौरका १३ बर्षका विवेक सुनार बेपत्ता भएका थिए ।
उनको शव शुक्रबार मध्यान्ह करिव १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो । मृतक बालकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्