काठमाण्डौ – धनुषा प्रहरीले लागू औषध १ सय २० किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका -९ बस्ने ५१ वर्षिय सन्तविर दोङ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।
आज अपरान्ह साढे तीन बजे खटिएको मधेस प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त विषेश अनुसन्धान टोलीले गोप्य सुचनाको आधारमा ढल्केबर – जनकपुर सडकखण्डको लक्ष्मीनिया स्थित ढल्केबरबाट जनकपुर तर्फ आइरहेको ना. ७ ख. ४२५१ नम्बरको ट्रकमाथि चेकजाँच गर्दा प्रहरीले उक्त ट्रक भित्र फल्स वटम बनाई प्लास्टिकले बेरेर लुकाई राखेको अवस्थामा १२ वटा पोका ( १ सय २४ किलो ) लागु औषध गाँजा बरामद गरेको हो ।
बरामद गरेको गाँजा र उक्त ट्रकका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भई रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्