प्यूठान जीप दुर्घटनामा सतबरियाका चौधरीको मृत्यु

दाङ समाचार
दाङ समाचार २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – प्यूठानमा आज आइतबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएको छन् । प्यूठानको जस्पुरदेखि दाङको भालुवाङतर्फ आउंदै गएको लु ३ च ३८५५ नं. को जीप सरुमारानी गाउँपालिका – ६ मोतिपुरमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका – ७ का अन्दाजी २२ वर्षीय सत्यनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सुबास खड्काले जानकारी दिनु भयो ।

त्यस्तै घाइते हुनेमा गढवा गाउँपालिका -६ का २५ बर्षया प्रकाश चौधरी, प्यूठान नगरपालिका – १ खैराका १४ वर्षीय प्रवीन जीसी रहेको प्युठान प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्