हतियारसहित नेपालगंजबाट एक जना पक्राउ

दाङ समाचार
दाङ समाचार २८ चैत्र २०७९, मंगलवार
0 Min Read
Aa

दाङ – नेपालगञ्जकाे साेल्टी हाेटल परिसरबाट हतियारसहित एक जना पक्राउ परेका छन्। बाँकेको बैजनाथ गाउँपालिका- २ का गणेश बाेगटी हतियारसहित पक्राउ परेकाे बा‍ँके प्रहरीले बताएकाे छ।

टिकटक बनाउने क्रममा हतियार देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे। प्रहरी अनुसार, पाेइन्ट टुटु बन्दुकसहित बाेगटीलाई पक्राउ गरिएकाे छ। बन्दुककाे लाइसेन्स रहेकाे प्रहरीले बताएकाे छ। बाेगटी रातीदेखि प्रहरी नियन्त्रणमा छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्