ओमप्रकाश गुप्ता
दाङ – पुर्व सभामुख कृष्ण बहादुर महराले समुदायमा जातिय विभेद कायमै रहनु दुखद् भएको बताउनु भयो । अझैं पनि जातिय विभेद अन्त्यका लागि संघर्ष गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई बुधबार दाङको राप्ती गाउँपालिका स्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानवजातिमा दुईवटा मात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद कायमै रहेको बताउनु भयो ।
“हामीले यसरी वर्गीय विभेदलाई जारीबाट निर्मुल पार्नका लागि लडाई लड्दै गर्दा पनि देशका कैयन ठाउँमा दलित कुतिएका छन्, हेपिएका छन्, दुर्व्यवहारमा परेका छन्, त्यसकारण पनि मलाई लाग्छ सामन्तहरुसंगको लडाई अझैं सकिएको छैन” नेता महराले भन्नु भयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका महराले दलित भन्ने शब्द अन्त्य गरिनुपर्ने बताउनु भयो । त्यस्तै नेता महराले माओवादीको संगठन बिग्रेकाले विग्रेको संगठनलाई सुर्धान जनता माझ जानुपर्ने अवस्था आएको उहाँको भनाई छ । महराले अहिलेको सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजानेमा आफु आशावादी भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्