दाङमा गाडेको अवस्थामा महिलाको शव फेला

दाङ समाचार
दाङ समाचार ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ ।

घोराही उपमहानगरपालिका-१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्